Sagun Khabar
कञ्चनपुरमा प्रहरी हिरासतबाटै थुनुवा भागे 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा प्रहरीको हिरासतबाट एक थुनुवा फरार भएका छन् । बुधबार राति साढे ८ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएका हुन् । 

कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय वीरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेको स्रोतले जनाएको छ ।  बडायक इलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई साउनको १९ गतेदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षमा थुनिएका थिए । उनी थुनुवा हिरासत कक्षको बाथरुममा रहेको भ्येन्टिलेसनको ग्रिल तोडेर भागेको बताइएको छ ।

थुनुवा कक्षबाट भागेका बडायकको खोजीमा प्रहरी निरीक्षक यामबहादुर मल्लको नेतृत्वमा ३० जनाको प्रहरी टोली खटाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update