Sagun Khabar
आफूखुसी राहत रकम संकलन नगर्न बैतडी प्रशासनको आग्रह 

बैतडी–जिल्ला प्रशासन कार्यालय बैतडीले बाढी प्रभावितहरुका लागि आफूखुसी राहत रकम संकलन नगर्न आग्रह गरेको छ । 

प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको सहयोगका लागि एकद्वार प्रणालीमार्फत सहयोग रकम उपलब्ध गराउन आग्रह गरेको छ । 

विपदको यसघडीमा सहयोग गर्न चाहने संघ संस्था र महानुभावहरुलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जमा गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् । 

प्रभावितहरुको नाममा व्यक्तिगत तथा संस्थागत रुपमा आफूखुसी रकम संकलन नगर्न प्रशासनले आग्रह गरेको हो ।  

Support-1787820080.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update