दशरथचन्द नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ उपलब्ध गराउने
बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले भोटेकोशी नदीमा आएका बाढी प्रभावितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
बाढीका कारण प्रभावित नागरिकको खोज, उद्धार, राहत, उपचार तथा पुनस्र्थापनाका लागि नगरपालिकाकातर्फबाट ३ लाख रुपैयाँ उपलब्ध गराइने नगर प्रमुख पुष्करराज जोशीले बताए ।
बिहीबारको नगर प्रमुखस्तरीय निर्णय अनुुसार विपद् प्रभावित नागरिकका लागि राहत कोषमा रकम जमा गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३ १८:४४
प्रतिक्रिया दिनुहोस्




