Sagun Khabar
बैतडीको शिवनाथ र सिगास गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जमा गर्ने 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित परिवारको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम जमा गर्ने निर्णय गरेका छन् । 

शिवनाथ गाउँपालिकाले विपदको यसघडीमा शिवनाथीबासी र गाउँपालिकाकातर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ जमा गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको पालिकास्तरीय विपद व्यवस्थापन समितिको बैठकले उक्त निर्णय पारित गरेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

यस्तै सिगास गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख र प्रधानमन्त्री राहत कोषमा ५० हजार गरी १ लाख ५० हजार रुपैयाँ जमा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update