Sagun Khabar
करेन्ट लागेर कञ्चनपुरको बेलौरी नगर प्रमुखका बुवाको मृत्यु
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीका बुबाको करेन्ट लागेर मृत्यु भएको छ । नगर प्रमुखका बुबा ७२ वर्षीय जनकलाल चौधरीको मंगलवार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलवार साँझ नुहाउने क्रममा पानीको मोटरबाट उनलाई करेन्ट लागेको थियो । बेहोस भएका चौधरीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update