Sagun Khabar
कञ्चनपुरको भीमदत्तका विद्यालय अनिश्चितकालका लागि बन्द 

कञ्चनपुर –कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द भएका छन् । 

गत हप्ता आइतवार भीमदत्त नगरपालिका वडा नम्बर १० जिमुवास्थित सिद्धनाथ माध्यामिक विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीलाई सामूहिक कुटपिटको बिषयलाई लिएर शिक्षक सम्वद्ध संगठनहरुले विद्यालय बन्द गरेका हुन् । 

Atrya hospital

विद्यालय परिसरभित्रै पसेर आक्रमण गर्नेहरुमाथि प्रहरीले कारबाही गर्न आनाकानी गरिरहेकोले विद्यालय बन्द गरिएको जनाइएको छ । शिक्षकहरुले विद्यालयभित्रै हतकडी लगाएर नियन्त्रणमा लिइएका शिक्षकलाई सुरक्षा दिन नसक्ने प्रहरीमाथि पनि कारबाहीको माग गरेका छन् । 

गत आइतवार विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि अभिभावक, स्थानीवासी र विद्यार्थीले उनीमाथि आक्रमण गरेका थिए । कुटपिटका कारण लेखापाल जोशी सख्त घाइते भएका थिए । उनको अहिले पनि धनगढीस्थित निसर्ग अस्पतालको सघन उपचारकक्ष (आईसीयू)मा उपचार चलिरहेको छ । अहिले उनको प्रहरी निगरानीमा उपचार भइरहेको हो । 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update