Sagun Khabar
कञ्चनपुरमा झण्डै २ लाखका भन्सार छलीका सामग्री बरामद
Atrya hospital

कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले भन्सार छलीका सामग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ । कृष्णपुर नगरपालिका–२ बाणीबाट प्रहरीले ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको हो । 

शुक्रबार भन्सार छलेर ल्याइएका अन्दाजी १ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरका चिनी, सलाई, छोहरालगायतका सामानसहित ट्रक र चालकलाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बाणीको संयुक्त गस्ती टोलीले उक्त सामान बरामद गरेको जनाइएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update