Sagun Khabar
विद्यालयका लेखापाल कुटेको आरोपमा चार जना पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा एक विद्यालयका लेखापाल कुटपीटको गरेको आरोपमा चार जना पक्राउ परेका छन् । 

भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माविका लेखापाल विरेन्द्रप्रसाद जोशीलाई कुटपीट गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको हो । लेखापाल जोशीमाथि विद्यालयमै अध्ययनरत कक्षा १० की एक छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । 

Atrya hospital

गएको आइतबार लेखापाल जोशीलाई आरोप यौन दुव्र्यवहारको आरोप लागेपछि आन्दोलित भएका अभिभावकहरुको भीडबाट जोशीमाथि कुटपीट भएको थियो । 

कुटपीटबाट गम्भीर घाइते भएका जोशीको निसर्ग अस्पताल धनगढीको आइसियुमा उपचार भइरहेको छ । लेखापाल जोशीमाथि कुटपीट गरेको आरोपमा स्थानीय नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

कुटपीटमा संलग्न करन मल्ल, मनिष विष्ट, मनोज तिरुवा र शुक्लाफाँटा नगरपालिकाका दीपक भण्डारी फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले पक्राउ गरेका फरार रहेकाहरुलाई ज्यान मार्ने उद्योगमा अनुसन्धान गरी मुद्दा चलाउने तयारी भइरहेको छ । 
त्यस्तै लेखापाल जोशीविरुद्ध पनि किटानी जाहेरी परेको छ । उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update