Sagun Khabar
कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेको छन् । जिल्लाको पुर्नवास नगरपालिका ११ डोके बजारका २० वर्षीय सुमित चौधरी र सोही ठाउँका १९ वर्षीय जोगराज चौधरी पक्राउ परेका हुन् । 

सुदूरपश्चिम प्रदेश प्रहरीको टोली र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले दोदा पुल स्थित हुलाकी सडकखण्डमा चेकजाँच गर्दा ७७० मिलिग्राम लागुऔषध (खैरो हिरोइन) सहित दुवै जनालाई बिहीबार पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update