Sagun Khabar
लिङ्गेश्वर धामको संरक्षण गर्ने परराष्ट्र मन्त्री साउदको प्रतिबद्धता 

कञ्चनपुर –परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बेदकोट नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र लिङ्गेश्वर धाम संरक्षणका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  सोमवार लिङ्गेश्वर धाम क्षेत्रको अवलोकन गर्दै उनले पर्यटकीय क्षेत्रमा बाढीबाट थप क्षति हुन नदिनका लागि प्राविधिकको सल्लाहअनुसार काम अगाडि बढाउने बताए ।

‘धार्मिक क्षेत्रका प्राकृतिक संरचना जोगाउनका लागि तटबन्ध निर्माण गर्न आवश्यक छ’, उनले भने, ‘प्राविधिक कुरा भएकाले सम्बन्धित मन्त्रालयमा यसबारे कुरा गर्छु, प्राविधिक टोली खटाएर धार्मिक क्षेत्रको संरक्षणका लागि कार्य अगाडि बढ्छ ।’

Atrya hospital

लिङ्गेश्वर क्षेत्रको संरक्षण गर्नका लागि आफू प्रतिबद्ध रहेको बताउँदै उनले नदीमा झोलुङ्गे पुल निर्माण गर्नका लागि पहल गरिने बताए । लिङ्गेश्वर क्षेत्रसहित यससँग जोडिएका जोखिममा रहेका बस्ती जोगाउनका लागि पनि तटबन्धको योजना ल्याइने मन्त्री साउदले बताए । 

धार्मिक क्षेत्रलाई पर्यटन मन्त्रालयमा दर्ता गराउन आग्रह गर्दै उनले पर्यटकीय पूर्वाधार निर्माणका लागि कटिबद्ध भएर लाग्ने बताए । स्थानीय समुदायको चाहना अनुसार आफूले काम गर्ने मन्त्री साउदले प्रतिबद्धता व्यक्त गरे । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update