Sagun Khabar
कञ्चनपुरबाट तीन थान भरुवा बन्दुक बरामद
Atrya hospital

 कञ्चनपुर –कञ्चनपुरबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको छ । आइतबार अस्थायी प्रहरी पोष्ट पहरीया कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले तीन थान भरुवा बन्दुक फेला पारेको हो । 

जिल्लाको कृष्णपुर नगरपालिका–१ कुमगडास्थित राष्ट्रिय वनमा तीन जना व्यक्तिहरु तीन नाल भरुवा बन्दुकसहित फेला परेका थिए । प्रहरी गस्ती टोलीलाई देखेपछि बन्दुक फालेर ती अपरिचित व्यक्ति जंगलतिर भागेको प्रहरीले जनाएको छ ।
प्रहरीले बन्दुक नियन्त्रणमा लिएर फरार तीनै जनाको खोजीकार्य भइरहेको जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update