Sagun Khabar
महाकालीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा सवारीसाधन आवागमनमा रोक

कञ्चनपुर –लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेर एक लाख क्युसेक नाघेपछि आइतबार साँझदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

शारदा ब्यारेजमा बिहान ८ बजे पानीको सतह एक लाख ७२ हजार क्युसेक मापन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Atrya hospital

एक लाख क्यसुेक नाघेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारी साधनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए । 

राति पानीको सतह बढे पनि सोमबार बिहानदेखि भने घट्दो क्रममा रहेको डीएसपी डाँगीले बताए ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update