Sagun Khabar
प्रेस युनियन कञ्चनपुरको अध्यक्षमा सिंह चयन 
Atrya hospital

कञ्चनपुर –नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको नयाँ समिति चयन भएको छ ।

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको अध्यक्षमा तेजबहादुर सिंह (मुस्कान) चयन भएका छन् । सातौं जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा सिंहलाई अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा कुन्दन पाण्डेय, मनोज भट्ट र किशोर तामाङ चुनिएका छन् । 

यस्तै सचिवमा देवेन्द्र खड्का, सहसचिवमा अनिता लावड र कोषाध्यक्षमा शंकर अवस्थी चयन भएका छन् । सदस्यहरुमा महादेव अवस्थी, चन्द्रकान्त जोशी र कविता गौड निर्बिरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update