Sagun Khabar
कञ्चनपुरको शुक्लाफाँटामा पनि अवैध संरचना हटाउन शुरु 

कञ्चनपुर –कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पनि अवैध संरचना हटाउन डोजर प्रयोग हुन थालेको छ । 

नगरपालिकाको वडा नं ११ स्थित कलुवापुर बजारको ढल व्यवस्थापनका लागि नगर प्रमुख रणबहादुर महरा डोजरसहित सो क्षेत्रमा पुगेका हुन् । नगर प्रमुख महरासहितको टोलीले ढल व्यवस्थापनको काम गरिरहको हो । नगरपालिकाले नगरपालिकाले दुबैतर्फ सडक क्षेत्रभित्र पर्ने अवैध संरचना हटाउन थालेको नगर प्रमुख महराले बताए । 

Atrya hospital

पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सडक निर्माण गरेपनि नाली नबनाउँदा कलुवापुर बजार डुबानमा पर्दै आएको थियो ।  

गत आइतवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सरोकारवालासँग ढल व्यवस्थापनबारे छलफल भएको थियो । सडक डिभिजन कार्यालयले सीमांकन गर्ने, पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्ने, विद्युत कार्यालयले पोलहरु हटाउने र नगरपालिकाले सडक क्षेत्र खाली गराउने निर्णय गरिएको थियो । 

सडक र पूर्वाधार विकास कार्यालयले चासो नदेखाएपछि तत्कालको समस्या समाधानका लागि नगरपालिकाले अस्थायी नाली निर्माण गरिरहेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update