Sagun Khabar
भारतको पञ्जाबबाट कञ्चनपुरकी एक किशोरीको उद्धार 

कञ्चनपुर –भारतको पञ्जाबबाट कञ्चनपुरकी १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलवार उद्धार गरी नेपाल ल्याइएको छ ।

भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा भारत पञ्जाबको लुधियानामा अलपत्र परेको अवस्थामा उनलाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृह कपिलवस्तुले जनाएको छ ।

Atrya hospital

किशोरीलाई घर परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ । गृहका केन्द्रीय समितिका संयोजक भट्टराईका अनुसार ती किशोरी २०७९ मंसिरमा घरबाट हराएकी थिइन् । गत जेठ ३१ गते घर परिवारको सम्पर्कमा आएको शान्ति पुनःस्थापना गृहका केन्द्रीय समितिका संयोजक भूमिराज भट्टराईले जानकारी दिइन् । 

उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापना गृहमा सुरक्षित रूपमा राखिएको कृष्णनगरकी संयोजक वसन्ती जिसीले बताइन् । रोजगारीको प्रलोभनमा परेर पञ्जाब पुगेकी उनको उद्धार गरिएको जिसीको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update