Sagun Khabar
बैतडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु 

बैतडी –बैतडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । 

जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ आम्चौराकी १० बर्षीया सुस्मिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

बिहीबार साँझ ६ बजेतिर आफ्नै घरको आँगनमा खेलीरहेको बेला सुस्मितालाई सर्पले टोकेको थियो । 

सर्पको टोकाइबाट घाइते भएकी चन्दलाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा शुक्रबार बिहान साढे ५ बजेतिर बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सुस्मिता पञ्चेश्वरकै टाक तिलकपुर माविमा कक्षा ६ मा अध्ययनरत रहेकी थिइन् । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १३:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update