Sagun Khabar
कञ्चनपुरमा श्रीमतिको हत्या आरोपमा श्रीमान पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कंचभोजका ३४ वर्षीय प्रेमबहादुर बुढा क्षेत्रीलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो । 

आफ्नै श्रीमती २२ वर्षीया द्रोपती बुढा क्षेत्रीलाई प्रेमले घरको कोठा भित्र चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते द्रोपतीलाई उपचारको लागि प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र दोधारा पठाएको थियो । 

तर डाक्टरले उनलाई सोही राति नै मृत्यु भएको घोषणा गरेको हो । यस सम्बन्धमा कञ्चनपुर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update