Sagun Khabar
कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । 

जिल्लाको बेलौरी नगरपालिका–६ हात्तिबोझाबाट ३२० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २७ वर्षीय कालु राना र २६ वर्षीय बिरेन्द्र बडायक बिहीवार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 

यस्तै बेलौरी–१० सडकघाटबाट ३ ग्राम ६८० मिलिग्राम लागुऔषधसहित कृष्णपुर नगरपालिका–४ का २१ वर्षीय रितिक थापालाइ इलाका प्रहरी कार्यालय बेलडाडीले पक्राउ गरेको छ । थापालाइ लागुऔषध र मोटरसाईकल १ थानसहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update