Sagun Khabar
कञ्चनपुरमा गाईको छालासहित दुई जना पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा गाई र गोरुको छालासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–३ का ५२ वर्षीय डेने तामाङ्ग र सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४ जागिर यमुनाका ४० वर्षीय सन्तोषकुमार खड्कालाई छालासहित सोमवार प्रहरीले पक्राउ गरेको हो । 

कञ्चनपुरबाट काठमाडौँ जाँदै गरेको सु.प.प्र ०२–००१ ख ११०८ नम्बरको बसबाट १५०  पिस गाई–गोरुको छालासहित दुबै जना पक्राउ परेका हुन् । 

जिल्ला अदालतबाट थप म्याद लिई उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update