Sagun Khabar
कञ्चनपुरमा ‘बास्सा’ र ‘ल्याङ’सहित तीन जना पक्राउ, लुटपाट गरेको आरोप

कञ्चनपुर –कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट भारतीय नागरिकलाई लुटपाट र कुटपिट गर्ने तीन जना युवक पक्राउ परेका छन् । शनिवार राति १२ बजे दुई जना भारतीय नागरिकलाई कुटपिट र लुटपाट गरेकी आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको हो । 

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का बास्सा भनिने रवि साउँद, वडा नम्बर ११ का ल्याङ भनिने सुरेन्द्रबहादुर विष्ट तथा भुवन ऐर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

Atrya hospital

उनीहरुले भारतको  पिलिभित घर भएका मोहित कुमार र असरफ अहमदलाई कुटपिट र लुटपाट गरेको अभियोग लागेको छ । 

तीनै जनाले भारतीय नागरिक मोहित कुमार र असरफ अहमदबाट नगद १९ हजार, दुई थान मोटरसाइकल र दुई थान मोबाइल लुटपाट गर्दै दुबै जनालाई कुटपिट गरेका थिए । इलाका प्रहरी कार्यालयमा मोहित र अहमदको जाहेरीको आधारमा प्रहरी टोलीले तीनै जनालाई कलुवापुर क्षेत्रबाट पक्राउ गरेको थियो । 

बास्सा यसअघि पनि हातहतियार मुद्दामा जेल सजाय भोगेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनी भर्खरै कारागारमुक्त भएका थिए । प्रहरीले तीनै जनाबाट नगद, मोबाइल र मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update