Sagun Khabar
समाजसेवी  रावलले गरे जन्मदिनमा अनाथ आश्रमलाई  खाद्यान्न सहयोग

बैतडी- समाजसेवी तथा  व्यवसायी  बिरसिंह रावलले जन्मदिनमा अनाथ आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । कञ्चनपुरको कृष्णपुर  नगरपालिका वडा नं ५ मोहना चोकमा रहेको श्रीकृष्ण प्रनामी सेवा धाम अनाथ आश्रममा व्यवसायी  रावलले जन्मदिनको  अवसर पारेर शुक्रबार खाद्यान्न सहयोग गरेका हुन् ।

 उनले जन्मदिनको  अवसर पारेर अनाथ आश्रममा  दुई कट्टा चामल, पाँच किलो दाल, पाँच लिटर तेल, एक दर्जन लिचिको जुस, आधा÷आधा दर्जन कपडा धुने र नुहाउने  सावुन र आधा किलो कपडा धुने  सोडा अनाथ आश्रमलाई  सहयोग गरेको बताए । अनाथ आश्रममा रहेका मिरा मातालाई उक्त खाद्यान्न तथा सरसफाइका सामग्री हस्तान्त्रण गरेको  व्यवसायी रावलले बताए ।

Atrya hospital

केक काटेर तडकभडकका साथ जन्मदिन मनाउनु भन्दा परोपकार गरेर पुण्य कमाऔँ भन्ने सन्देश समाजमा प्रवाह गर्नका लागि आफुले अनाथ आश्रमका नानीबावूहरुलाई  खाद्यान्न सहयोग गरेको उनको भनाई छ ।आफनो जन्मदिनमा अनाथ आश्रमका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए । 

दार्चुलाको लेकम गाउँपालिका घर भएका समाजसेवि रावल २०७० साल देखि कञ्चनपुरको  कृष्णपुर नगरपालिका २ वाणिमा बस्दै आएका छन् ।उनी होटेल व्यवसायीसंगै कृष्णपुर दुईमा रेडक्रसबाट सञ्चालित एम्बुलेन्सका चालक पनि हुन् । रावलको बाणिमा टिकटक होटेल एण्ड खाजा नास्ता पसल छ । 

पत्रकार नरेन्द्र महराका अनुसार कृष्णपुर ५ मोहनाचोकमा रहेको  श्रीकृष्ण प्रनामी सेवाधाम अनाथ आश्रममा माता संगै  पाँच बालिका र दुई  बालक सहित ७ जना बालबालिका बस्द छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update