Sagun Khabar
बैंकिङ्ग कसुरमा विष्ट  पक्राउ
Atrya hospital

 बैंकिङ्ग कसुरमा एक जना पक्राउ परेका छन्। कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणिका चक्र विष्टलाई बैंकिङ्ग कसुरमा प्रहरीले पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका–२ का ४४ वर्षीय अमितप्रताप सिँहको जाहेरीका आधारमा जिल्ला अदालत कञ्चनपुरको पक्राउ अनुमतीपछि विष्टलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

पक्राउ परेका विष्टले जाहेरीवाला सिँहलाई रकम नभएको बैंकको ८ लाखको चेक दिएपछि बैंकिङ्ग कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। विष्टलाई ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update