Sagun Khabar
जिपको ठक्करबाट एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ आमखैया सडकमा बा.०१००२५ च ३६३४ नम्बरको जिपको ठक्करबाट साईकलयात्री कृष्णपुर नगरपालिका–१ का ५९ वर्षीय अमर साउँदको आज(बुधबार) बिहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई पदमा अस्पताल अत्तरीया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो।उपचारको क्रममा उनको मृत्यु भएको हो। जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

Atrya hospital

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update