Sagun Khabar
कञ्चनपुरमा भन्सार छलीका सामग्रीसहित २ जना पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा भन्सार छलीका सामग्रीसहित दुईजना पक्राउ परेका छन् । 

जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीका विद्युत कार्यालय अगाडी भन्सार छलीका साडी, धोती, तिरपाल, साईकलगरि अन्दाजी १५ हजार मुल्य बराबरको सामग्रीसहित दुई जना पक्राउ परेका हुन् । 

Atrya hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाइ शुक्रवार नियन्त्रणमा लिएको हो । 

यस्तै भीमदत्त–१० गड्डाचौकीमा भारतबाट अबैध रुपमा भन्सारछली गरि ल्याएका कपडा तथा चिनी लगायत अन्दाजी १ लाख ८८ हजार ३ सय मुल्य बराबरको सामग्रीसहित  १ थान मोटरसाईकल र १ थान स्कुटर बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।बरामद गरिएको सामग्रीसहित दुबैजनालाइ आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गडडाचौकी पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update