Sagun Khabar
घरको छतबाट लडेर एकजनाको मृत्यु 

कञ्चनपुर –कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६७ वर्षीय देबीलाल शाहको गएराति घरको छतबाट लडेर मृत्यु भएको हो । 

Atrya hospital

शुक्लाफाँटा नगरपालिका –१० शान्तिपथमा भतिजा नाता पर्ने दानबहादुर शाहको घरमा गएका उनी छतबाट खसेर घाइते भएका थिए । 

घाइते भएका शाहलाइ उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update