Sagun Khabar
भीमदत्त नगरपालिकाका पूर्व मेयर बिष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वनगरप्रमुख सुरेन्द्रबहादुर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन निमित्ति प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १२ जना तथा भवानी कन्स्ट्रक्सन प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । बिष्ट एमालेका कञ्चनपुर जिल्ला अध्यक्षसमेत हुन् । 

महाकाली नदीबाट आर्थिक वर्ष २०७७÷०७८ मा नदीजन्य वस्तुको राजस्व उठाउने ठेक्कामा मिलेमतो गरी राजस्व चुहावट गरेको अख्तियारको आरोप छ । अख्तियारले उनीहरूविरुद्ध ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको बिगो दाबी गरी मुद्दा दायर गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update