Sagun Khabar
कञ्चनपुरमा लागुऔषसहित ५ जना पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका–६ ऐठपुरमा जमुना सार्कीको घरबाट ०.२६ ग्राम लागुऔषध खैरोहेरोईनसहित सोही ठाउँका २१ वर्षीय रबिन्द्र चन्द, १९ वर्षीय दिवस चन्द र १८ वर्षीया कञ्चन आग्री पक्राउ परेका हुन् । उनीहरुलाई गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा महेनद्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ । 

यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका–७ लालपुरका ४३ वर्षीय गणेश सिंह भण्डारी पक्राउ परेका छन् । सुडाबाट खटिएको प्रहरी टोलीले उनलाई शंका लागि चेकजाँच गर्दा रेक्सोजोशिक २ सीसी र फेनार्गन १ सीसीसहित पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update