Sagun Khabar
कञ्चनपुरमा भाडा बस्नेले घरबेटीलाई बेहोस हुने जुस पिलाएर चोरी गरेपछि ...

कञ्चनपुर –कञ्चनपुरमा कोठा भाडामा बस्न आएका दुई जना भारतीय चोरी गरेर फरार भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–४, गोबरीयाकी खगेश्वरी प्वालीको घरमा भाडामा बस्न आएका भारतीयले चोरी गरेका हुन् ।

दुई दिन अगाडिमात्रै प्वालीको घरमा कोठा भाडामा लिएर बसेका भारतीयहरुले बुधवार राति घरबेटी र उनका परिवारका सदस्यहरुलाई जुस खुवाएर बोहोस बनाएका थिए । भारतीयहरुले आफ्नो घरमा छोरा भएको भन्दै सबैलाई जुस खुवाएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

Atrya hospital

जुस खाएपछि बेहोस भएका उक्त परिवारका सातै जनाको महाकाली अस्पतालमा उपचार भएको र अहिले उनीहरु सबैलाई होस आइसकेको प्रहरीले जनाएको छ । 

चोरहरुले प्वालीको घरबाट ४ हजार नगदसहित १० आनाको सुनको तिलहरी चोरेर लगेका छन् । अहिले नै चोरी भएको सबै विवरण थाहा नभएको प्रहरीले जनाएको छ । 

प्वाली परिवारको घरमा भाडामा बस्न आएका ती भारतीयको नाम ठेगाना केही पनि थाहा नभएको जनाइएको छ । कञ्चनपुर प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update