Sagun Khabar
कञ्चनपुरमा जिपको ठक्करबाट दुई जना घाइते 

कञ्चनपुर –कञ्चनपुरमा जिपको ठक्करबाट दुई जना घाइते भएका छन् । 

जिल्लाको बेलडाँडी गाउँपालिका–१ सिद्धचोकमा बेलौरीबाट बेलडाँडीतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च २७६१ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्रुलाई ठक्कर दिएको हो । 

Atrya hospital

जिपको ठक्करबाट बेलौरी नगरपालिक–९ रतनपुरका ३० वर्षीय सुनिल चौधरी र १९ वर्षीय पवन चौधरी घाइते भएका छन् । 

घाइते दुवै जनाको धनगढीमा उपचार भइरहेको छ । सुनिल चौधरीको टाउकोमा चोट लागेको छ भने पवन चौधरीको बाँया हात र खुट्टामा चोट लागेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update