Sagun Khabar
कञ्चनपुरमा बाघको आक्रमणबाट मृत्यु भएकी महिलाको परिवारलाई १० लाख राहत

कञ्चनपुर –कञ्चनपुरमा बाघको आक्रमणबाट मृत्यु भएकी महिलाका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

गत बैशाख ८ गते बाघको आक्रमणमापरी मृत्यु भएकी जिल्लाको बेलौरी नगरपालिका–८ पचुईकी ४२ वर्षीय गंगा चन्दको परिवारलाई रातह वापत १० लाख रकम हस्तान्तरण  गरिएको हो । 

Atrya hospital

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बुधबार मृतक चन्दको घरमै पुगेर उनका श्रीमान डम्बर चन्दलाई राहत रकम हस्तान्तरण गरेका हुन् । 

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका बमोजिम नियमानुसार पाउने राहत रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update