Sagun Khabar
शुक्लाफाँटा निकुञ्जमा खरमजुर गणना सुरु

कञ्चनपुर –कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना तथा अध्ययन सुरु भएको छ । निकुञ्ज प्रशासन र नेपाल पन्छी संरक्षण संघले संयुक्त रूपमा यसै सातादेखि गणना सुरु गरिएको हो । विश्वमै अति संकटापन्न अवस्थामा रहेको खरमजुर नेपालमा ६५ देखि १ सयको संख्यामा रहेको अनुमान छ । 

शुक्लाफाँटाको विशाल घाँसे मैदानमा यसको अनुगमन भइरहेको छ । चैत ८ देखि सुरु भएको गणनाअन्तर्गत हालसम्म ४ वटा खरमजुर भेटिएको संघका परियोजना सहायक हिरूलाल डगौराले बताए । उनका अनुसार भेन्टेज प्वाइन्ट विधिबाट खरमजुरको गणना भइरहेको छ । 

Atrya hospital

सबै केन्द्रमा गणना सकिएपछि मात्रै नतिजा यकिन गर्न सकिने डगौराले बताए। सन २०२१ म गरिएको गणनामा शुक्लाफाँटामा ७ खरमजुर भेटिएको डगौराले बताए । यस पटक पनि ७८ कै हारहारीमा भेटिन सक्ने उनको अनुमान छ । खरमजुर घाँसे मैदानमै बस्ने पन्छी हो ।  यसको रंग पनि घाँसजस्तै हुन्छ । 

खरमजुर विश्वमै संकटापन्न अवस्थामा छ । नेपाल, भारत, क्यम्बोडिया र भियतनाममा मात्रै पाइने यसको संख्या १ हजारभन्दा कम छ । खरमजुर नेपालमा शुक्लाफाँटा, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइन्छ। करिब एक सातासम्म गणनापछि नतिजा सार्वजनिक गरिनेछ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update