Sagun Khabar
सुदूरपश्चिम विश्वविद्यालयले दैवी प्रकोप उद्धार कोषमा ८८ लाख सहयोग गर्ने

कञ्चनपुर –सुदूरपश्चिम विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ८८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. किसनदत्त भट्टका अनुसार विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीको भदौ महिनाको तलबबाट निश्चित रकम कट्टा गरी उद्धार कोषमा जम्मा गरिनेछ । 

विश्वविद्यालयको आजै शनिबार बसेको कार्यकारी परिषद्को निर्णयअनुसार उपकुलपतिले एक महिनाको तलब, प्राध्यापक तथा कर्मचारीले १० दिनसम्मको र अन्य तहका कर्मचारीले २ देखि ७ दिनसम्मको तलबबाफतको रकम कट्टा गरी सरकारलाई सहयोग गर्ने निर्णय भएको हो । 

संघीय कानूनबमोजिम सञ्चालित विश्वविद्यालयहरूमा सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहयोग आव्हान गरेपछि यसअघि नै त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतले कोषमा रकम सहयोग गर्ने निर्णय गरिसकेका छन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update