ग्वाल्लेक निर्माण सेवाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग
बैतडी–बैतडीस्थित ग्वाल्लेक निर्माण सेवा कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ जमा गरेको छ ।
बाढीबाट प्रभावित नागरिकहरुको खोज, उद्धार, राहत र पुनस्र्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले कम्पनीकातर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गरिएको कम्पनीका प्रबन्ध निर्देशक सुरेश चन्दले बताए ।
बैतडी निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहेका चन्दले विपद्को समयमा कम्पनीका तर्फबाट सहयोग गरिएको बताए ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३ ११:३५
प्रतिक्रिया दिनुहोस्




