Sagun Khabar
निर्माणाधिन महाकाली पुलमा २० दिन आवतजावत बन्द हुने 
Atrya hospital

कञ्चननपुर –कञ्चपुरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेन पक्की पुलमा २० दिनसम्म आवतजावत बन्द गरिने भएको छ । 

निर्माण कार्यको लागि पक्की पुलमा भोलिदेखि आवतजावत बन्द गर्न लागिएको हो । पुलको दुवै एबुटमेंट वालमा आरसिसि विग बाल निर्माण गर्नका लागि आवतजावत बन्द गर्न लागिएको जनाइएको छ । 

पुल बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न दोधरा–चाँदनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भानदेव भट्ट आग्रह गरे । वैकल्पिक बाटोको रुपमा दोधरा–चाँदनीलाई जोड्ने झुलुङ्गे पुल रहिआएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update