Sagun Khabar
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । 

सुपप्र ०१०१० प ८२४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बेलौरी नगरपालिका–६ का २३ वर्षीय मोटरसाइकल चालक अमर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३० वर्षीय करन चौधरी घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update