Sagun Khabar
फागुन एक गतेदेखि कञ्चनपुरमा महोत्सव 

कञ्चनपुर –फागुन एक गतेदेखि कञ्चनपुरमा औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव हुने भएको छ ।  ‘कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगर स्थित खुुला मञ्चमा १४ औँ संस्करणको सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुन लागेको हो । 

मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले बताए । प्रधानमन्त्रीले सो क्रममा राष्ट्रिय गौरवका आयोजनाहरुको समेत अवलोकन गर्ने कार्यक्रम रहेको उनले बताए । 

Atrya hospital

मेलाले यस क्षेत्रको आर्थिक गतिबिधी बढाउनुका साथै स्थानीय उत्पादनको प्रवद्धनमा सहयोग पुग्ने बताए । मेलामा स्थानीय बस्तु तथा सेवा, पर्यटन, कलाको प्रर्बद्धन गर्ने उदेश्य छ । 

मेलामा विभिन्न कला, संस्कृति, उद्यम व्यवसायी लगायतका तीन सय स्टल रहेन छन । मेलाको प्रति टिकटबाट एक रुपैयाका छुट्टाएर समाजिक काममा लगाउने संघले जनाएको छ । महोत्सवबाट यस क्षेत्रको औद्योगिक, आर्थिक क्षेत्रको प्रर्बद्धन हुनुका साथै छिमेकी मुलुकबाट पनि मेला अवलोकन गर्न आउने अपेक्षा राखिएको उनले बताए । 

मेला अलोकनका लागि सर्वसाधारणका लागि रु ८० र विद्यार्थी सहुलियत रु ४० तोकिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update