Sagun Khabar
कञ्चनपुरमा एक महिला सहित तीन जना पक्राउ 
Atrya hospital

कञ्चनपुर –लागु औषध सहित कञ्चनपुरमा तीनजना पक्राउ परेका छन् । एक महिला र दुई पुरुषलाई कञ्चनपुरको भीमदत्त नगरपालिकाका विभिन्न स्थानबाट चरेशसहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । 

जिल्लाको भीमदत्त नगरपालिका वडा नं ४ सब्जीमण्डीस्थित करनसिंह साउँदको घरबाट लागुऔषध चरेशको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा सोही ठाउँका ४२ बर्षीय लोकबहादुर साउँद र वडा नं २ का २४ बर्षीय डम्मर शाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १ किलो ६६४ ग्राम चरेश बरामद गरिएको छ । 

यस्तै भीमदत्त नगरपालिका १८ की ३० बर्षीया रेखा बडूलाई १६७ ग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०८:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update