Sagun Khabar
कांग्रेस कञ्चनपुरको कार्यालयमा तालाबन्दी 

कञ्चनपुर –नेपाली कांग्रेस कञ्चनपुरको कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाल विद्यार्थी संघका असन्तुष्ट नेता कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । 

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनोट गरेको बिषयमा असन्तुष्टी जनाउँदै तालाबन्दी गरिएको हो । 

Atrya hospital

विधान विपरीत नेविसंघ केन्द्रीय समितिले कञ्चनपुरको जिल्ला अध्यक्ष चयन गरेको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको नेविसंघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले बताए । 

यही माघ १३ गते नेविसंघ केन्द्रीय समितिले रमेश चटौतलाई जिल्ला अध्यक्षमा चयन गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update