कञ्चनपुर- कञ्चनपुरमा विगत लामो समयदेखि नाबालिकासँग यौन शोषणमा संलग्न रहेको भन्दै अनाथलयका प्रमुख शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ।
अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया नाबालिकामाथि करणी गरेको खुल्न आएको छ। पीडित बालिकाले यो विषय कसैलाई भन्न सकेका थिएनन्। आरोपमा चन्दलाई मंगलबार पक्राउ गरिएको उनले बताए। चन्दलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९ १५:४७
प्रतिक्रिया दिनुहोस्