Sagun Khabar
कञ्चनपुरमा लागु औषधसहित दुई जना पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेदकोट नगरपालिका–१० दैजीबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

शुक्लाफाँटा नगरपालिका–१० घर भएका महेश चुनारा र सोही नगरपालिका–११ बस्ने २५ वर्षीय शंकर कामी दुई ग्राम लागु औषध सहित शुक्रबार राति पक्राउ परेका हुन् । 

लु १४ प ६७८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले चेकजाँच गर्दा लागु औषध फेला परेको थियो । त्यसपछि उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update