Sagun Khabar
पोखरा विमान दुर्घटना : ज्यान गुमाएका ३८ जनाको पहिचान खुल्यो, विमानको ‘ब्ल्याक बक्स’ पनि भेटियो !

काठमाण्डौ - पोखरामा हिजो भएको यति एअरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये ३८ जनाको पहिचान खुलेको छ ।

विमानमा रहेका ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ । अरु चार जनाको अवस्था अझै खुलेको छैन । उनीहरुको खोजी भइरहेको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताउनुभयो । उनीहरुको शव आज आफन्तलाई जिम्मा लगाउने तयारी छ ।

Atrya hospital

यस्तै, दुर्घटना भएको यती एअरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो । 'ब्ल्याक बक्सु विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार 'ब्ल्याक बक्सु नेपाली सेनालाई बुझाइएको छ ।

'ब्ल्याक बक्सु आजै काठमाण्डौ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ । हिजो बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट उडेको विमान पोखरामा अवतरण गर्न ठिक्क परेको अवस्थामा अचानक खोँचमा ठोक्किएको हो । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना व्यक्ति रहेका थिए । 

-उज्यालो

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update