रास्वपा बैतडीको बैठक सम्पन्न, के–के भए निर्णय ?
बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको बैठक सम्पन्न भएको छ । प्रथम जिल्ला अधिवेशनबाट चुनिएको पार्टी समितिको पहिलो बैठक शनिबार पार्टी कार्यालय शाहीलेकमा सम्पन्न भएको हो ।
जिल्ला सभापति भीम नाथको अध्यक्षतामा भएको बैठकमा रास्वपाका सुदूरपश्चिम उपसभापति भोजराज जोशी (क्वालिटी) प्रमुख अतिथी रहेका थिए । बैठकमा जिल्ला समितिका पदाधिकारीका साथै १० ओटै पालिका सभापतिहरुको सहभागिता रहेको थियो ।
बैठकले जिल्लाका १० ओटै स्थानीय तहमा पार्टीको संगठनलाई सक्रिय बनाउने, ८४ ओटै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र ब्लड बैंकमा रक्तदान गर्ने लगायतका निर्णय गरेको रास्वपाका सुदूरपश्चिम उपसभापति भोजराज जोशी (क्वालिटी)ले बताए ।
प्रकाशित मिति: आइतबार, असार २८, २०८३ ०७:२६
प्रतिक्रिया दिनुहोस्





