ट्राफिक सचेतनामा नेरुडे मिर्मिरे लघुबित्तको सहकार्य
बैतडी–बैतडीको सतबाँझस्थित नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाले ट्राफिक सचेतनाका लागि पोष्टर उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी ट्राफिक पोष्ट सतबाँझलाई पोष्टर हस्तान्तरण गरिएको नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्था सतबाँझका प्रमुख कमलराज जोशीले बताए ।
ट्राफिक चिन्ह भएका पोष्टर र प्रहरीको सम्पर्क नम्बर भएका पोष्टरहरु ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्था सतबाँझका कनिष्ठ सहायक विनोदप्रसाद अवस्थीले बताए ।
सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना फैलाउनका लागि पोष्टर सहयोग गरिएको जोशीले बताए । पोष्टरहरु सार्वजनिक स्थलमा राखिने अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २८, २०८३ १३:५५
प्रतिक्रिया दिनुहोस्





