बैतडीमा पहिरोले एक घरमा क्षति, परिवारलाई सुरक्षित स्थानमा सारियो
बैतडी–बैतडीमा पहिरोले एक घरमा क्षति पुर्याएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका–४ खहरेपीपल नजिक पहिरो खस्दा स्थानीय दानीराम तिरुवाको घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
शनिबार साँझ ६ बजेतिर खसेको पहिराले तिरुवाको २ कोठे एकतले जस्तापाताले छाएको घरमा क्षति पुर्याएको उनले बताए । पहिरोले घरको भित्ता भत्काएपछि परिवारलाई अर्को घरमा सारिएको उनले बताए ।
घरमा पहिरो खसेको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्र्रहरी सहायक निरीक्षक नरबहादुर तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले तिरुवाको परिवारलाई सुरक्षित स्थानमा सारेको प्रहरी निरीक्षक सिंहले बताए ।
प्रकाशित मिति: आइतबार, असार २८, २०८३ ०७:०६
प्रतिक्रिया दिनुहोस्





