Sagun Khabar
सेती खोँचमा बिलाए कञ्चनपुरका आमा–छोरा
Atrya hospital

कञ्चनपुर - आइतबार विहान भएको जहाज दुर्घटनामा कञ्चनपुरका एक आमा छोराको  ज्यान गएको  छ ।  कञ्चनपुरका व्यवसायी सञ्जिवचन्द्र भट्टकी श्रीमती र छोरा दुर्घटनामा परेका हुन्।

व्यवसायी भट्टकी श्रीमती सुष्मा पाण्डेय भट्ट र कान्छो छोरा स्लक भट्ट दुर्घटनामा परेका छन्। आमा–छोरा आइतबार घुम्नका लागि यती एयरलाइन्सको जहाजमा पोखरा उडेका थिए ।

व्यवसायी भट्ट पुस ५ मा महेन्द्रनगरबाट काठमाडौं गएका थिए। उनका दुई छोरी र दुई छोरा छन्। कान्छा छोरा दुर्घटनामा परेका हुन्। उनी काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा ११ कक्षामा अध्ययनरत थिए। भट्टको महेन्द्रनगरमा बजारमा पशुपती इम्पोरियम छ ।
 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १८:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update