Sagun Khabar
पेरुमा सरकार विरोधी प्रदर्शन, १७ जनाको ज्यान गयो
Atrya hospital

पेरुमा सरकार विरोधी प्रदर्शनमा कम्तिमा १७ जनाको ज्यान गएको छ । दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थल नजिकै भएको पछिल्लो झडपमा कम्तीमा १७ जनाको ज्यान गएको  हो ।

पेरुका राष्ट्रपति डिना बोलुवार्टेको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शन भैरहेको छ । गएको डिसेम्बर पहिलो हप्ता तत्कालीन राष्ट्रपति पेड्रो कास्टिलोलाई हटाएर हिरासतमा राखिएसँगै त्यहाँ विरोध सुरु भएको थियो । प्रदर्शनकारीले विभिन्न किसिमका नाकाबन्दी समेत गरेका छन् ।

उनीहरुको माग हिरासतमा राखिएका पूर्वराष्ट्रपति कास्टिलोको रिहाइ, राष्ट्रपति बोलुआर्टेको राजीनामा र नयाँ चुनावको लागि आह्वान रहेको समाचार संस्था अल जजिराले जनाएको छ । नयाँ राष्ट्रपति डिना बोलुआर्टेले सन् २०२४ मा चुनाव गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ तर विरोध प्रदर्शन कायमै छ ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update