Sagun Khabar
निर्मला हत्या प्रकरणको अनुसन्धान सुरु, डिएनए परीक्षणका लागि दुईजनाको नमूना संकलन 
Atrya hospital

कञ्चनपुर – निर्मला पन्तको हत्या अनुसन्धानका लागि कञ्चनपुरमा दुई जनाको नमूना संकलन गरेको छ । डीआईजी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले कञ्चनपुरमा आएर दुई जनाको रगतको नमूना संकलन गरेको हो । निर्मला हत्यामा संलग्न रहेको आशंकामा उनीहरुको नमूना संकलन गरिएको बताइएको छ । रगतको नमुना लिएर काठमाडौंस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको छ ।

२०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ वर्षीया निर्मलाको हत्यामा संलग्नहरुको अझै पहिचान हुन सकेको छैन् ।  

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । पौष १५ मा गठन भएको समितिले आफ्नो काम शुरु गरिसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update