कञ्चनपुर –कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्यालयहरुमा चार दिन बिदा दिएको छ ।
चिसो तथा शीतलहरका कारण विद्यार्थीको स्वास्थमा असर पर्ने भन्दै नगर क्षेत्रभरीका विद्यालयमा चार दिन बिदा दिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका भित्रका शैक्षिक संस्थाहरु पुस २१ देखि २४ गतेसम्म बन्द रहने नगरपालिकाको सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ १३:३२
प्रतिक्रिया दिनुहोस्