Sagun Khabar
निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान टोलीले काम शुरु गर्यो 

कञ्चनपुर –कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिन  र अनुसन्धान गर्न गठन गरिएको समितिले काम सुरु गरेको छ । पुस १५ मा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । 

समितिकी संयोजक सिंहले कञ्चनपुर पुगेर काम थालेकी हुन् । समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा, मनोचिकित्सक डाक्टर राजेश दत्त र इन्स्पेक्टर हिरेन्द्र रोकाया सदस्य छन् । 

Atrya hospital

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए । 

२०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मलाको हत्या भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update