Sagun Khabar
चिसो बढेपछि कञ्चनपुरको बेदकोटमा विद्यालय बन्द 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा चिसोबढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसोबढेपछि बदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरेको हो । 

अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट विदा माग भएको र सोही माग अनुसार नगरपालिकाले विद्यालयहरुमा हिउँदे विदा दिने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत मञ्जु थापाले जानकारी दिइन् । 

चिसोका कारण विद्यार्थीहरुलाई विद्यालय आउनजान समस्या भएपछि प्रधानाध्यापकहरुको भेलाले विदा माग गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update